राजधानीमा असारे विकासको चटारो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजधानीमा असारे विकासको चटारो


२८ जेष्ठ २०७४, आइतबार


काठमाडौं । नेपालमा विकासको कुरा गर्दा असारे विकासले निकै चर्चा पाउन थालेको पनि धेरै समय भइ सकेको छ, मोफसलबाट शुरु भएको असारे विकास अब त राजधानीसम्मै विस्तार भइ सकेको छ । जव जव जेठको अन्तिम साता हुन थाल्छ तब शुरु हुन्छ असारे विकास ।

घर रंंग्याउने फर्निचर किन्ने देखि शुरु भएको यो विकास अब त सडकसम्मै आएर स्थापित हुँदैछ, जेठको अन्तिमबाट शुरु हुने असारे विकास असार मसान्त सम्मै चल्ने गर्दछ । यसका लागि दुरदराज पुग्नु पर्दैन अचेल । राजधानी काठमाडौं मै देख्न पाइन्छ ।

केही दिन अघि मात्रै दिउसै गाडी रोकेर धुइफुइ गर्दै सडक टालटुल गर्दै गरेको यो दृश्य सिँहदरबारबाट केही मिटरको दुरीमा मात्र रहेको थापागाउँको हो ।

ल हेर्नुहोस् फोटोहरुः

भिडियोः

प्रतिक्रिया दिनुहोस