राजपासँग सरकारको वार्ता सिंहदरबारमा जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राजपासँग सरकारको वार्ता सिंहदरबारमा जारी


२८ जेष्ठ २०७४, आइतबार


काठमाडौं । सत्तारुढ दलहरु र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा अहिले सिंहदरबारमा छलफल जारि छ । दोस्रो चरणको चुनावमा  राजपालाई निर्वाचनमा कसरी सहभागी गराउने भन्ने विषयमा अहिले वार्ता भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विट गर्दै भनेका छन्- ‘हामी राजपालाई अधिकतम सहमतिमा ल्याएर असार १४ गते स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराउने गरी अहिले छलफलमा छौं’, ।

राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ । तर, सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।

राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने यदी निर्णायक भएन भने आजै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस