गैँडाले हानेर एक गम्भीर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गैँडाले हानेर एक गम्भीर


२८ जेष्ठ २०७४, आइतबार


चितवन । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आइतबार गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् ।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं. २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागेको छ ।

उनको अहिले कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको वासस्थान बढ्दो छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडाको आक्रमणबाट बर्सेनि मानिस घाइते हुने र कतिपयको ज्यानसमेत जाने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस