आफुले टिकट पाए बिराटनरमा कायापलट गर्ने पराजुलीको दावी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आफुले टिकट पाए बिराटनरमा कायापलट गर्ने पराजुलीको दावी


२८ जेष्ठ २०७४, आइतबार


बिराटनगर । नेपाली काँग्रेस बिराटनगरका नेता भीम पराजुलीले आफुले टिकट पाए बिराटनगरमा बिकास निर्माणका थुप्रै काम गर्ने बताएका छन् । नेपाली काँग्रेसबाट बिराटनगर महानगरपालिकाको मेयरपदका आकांक्षीका रुपमा देखिएका पाराजुलिले बिराटनगर नगरलाई स्वच्छ र सुन्दर सहर बनाउने आफ्नो योजना रहनुका साथै बिराटनगरमा बिकासमा कायापलट गर्ने दावी गरे ।

विद्यार्थी राजनीतिबाट राजनीति शुरु गरेका पराजुलीले आफुले विद्यार्थी राजनीति गर्दा पनि थुप्रै काम गरेकाले आफुले टिकट पाउदा जित्ने दावी गरे । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि रहेको बिराटनगरका एकजना नेपाली काँग्रेसका कार्यकर्ताले बताए ।

हाल नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक सभापति रहेका उनी यो पदमा पनि अत्याधिक मतले विजयी भएका थिए । क्रिकेट संघ क्षेत्र नम्बर १ को अध्यक्ष समेत रहेका उनी नेपाल विद्यालय फुटबल संघको राष्ट्रिय उपाध्यक्ष हुन् । अन्तरधार्मिक परिषद्, एडिभिजन फुटबल, त्रिबेणी वाचनालय, आदर्श एजुकेशन फाउन्डेसन, पोखरिया ऋण सहकारीलगायत थुप्रै संस्थामा आवद्ध छन् ।

२०६२/६३ को जनआन्दोलनमा पराजुली करिब साढे तीन महिना जेल पनि परेका थिए । उनले आफुले बिराटनगर महानगरपालिकाको मेयरको टिकट पाए नगर विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका योजना बनाएर बिकास गर्ने बताएका छन् । उनले धुलो, धुँवा, हिलो मुक्त गरी स्वच्छ, सफा र हराभरा सुन्दर नगर निर्माण गर्ने, ‘हाम्रो बिराटनगर, राम्रो बिराटनगर’को अवधारणलाई मुर्त रुप दिने, विना भए दिन रात महिला, बालबालिकाले निर्वाध रुपमा हिँडडुल गर्ने वातावर सिर्जना गर्ने लगाएतका २४ वटा योजना अघि सारेर टिकटको दावी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस