कैलालीमा काँग्रेस उम्मेदवारको टुङ्गो लाग्यो « प्रशासन
Logo ७ श्रावण २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कैलालीमा काँग्रेस उम्मेदवारको टुङ्गो लाग्यो


२८ जेष्ठ २०७४, आइतबार


कैलाली । नेपाली काँग्रेसले कैलालीका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

काँग्रेसले धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा पार्टीका नगर सभापति नृप वड र उपप्रमुखमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै लम्की नगरपालिकाको प्रमुखमा भक्तबहादुर थापा र उपप्रमुखमा धना चौधरी, भजनी नगरपालिकाको प्रमुखमा वीरबहादुर हमाल र उपप्रमुखमा भारती चौधरी, टीकापुर नगरपालिकाको प्रमुखमा जङ्गबहादुर साउद र उपप्रमुखमा केशरी विष्ट रावल तथा घोडाघोडी नगरपालिकाको प्रमुखमा रीताकुमारी चौधरी र उपप्रमुखमा हेकबहादुर बमलाई उम्मेदवार बनाएको छ ।

यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा वीरेन्द्र भट्ट र उपप्रमुखमा भगवती पाठक, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा दिनेशराज जोशी र उपप्रमुखमा मेनका जोशीलाई उम्मेदवार बनाएको छ ।

यस्तै जानकी गाउँपालिकाको अध्यक्षमा गङ्गादेवी चौधरी र उपाध्यक्षमा सूर्यबहादुर बटाला, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बलीराम चौधरी र उपाध्यक्षमा ललिता भट्ट, जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया तथा चुरे गाउँपालिकाको अध्यक्षमा टीकाराम ढुङ्गाना र उपाध्यक्षमा धना थापालाई उम्मेदवार बनाएको छ ।

यसैगरी मोहन्याल गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर बडुवाल र उपाध्यक्षमा रविकुमारी राना मगर तथा कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी र उपाध्यक्षमा अनिता चौधरीलाई उम्मेदवार बनाएको नेपाली काँग्रेस कैलालीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस