बौलाहा कुकुरले टोक्दा छ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बौलाहा कुकुरले टोक्दा छ घाइते


२७ जेष्ठ २०७४, शनिबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० का छ जनालाई बौलाहा कुकुरले टोकेर आज घाइते बनाएको छ ।

झलारी बजार भएर जाँदै गरेका भूपेन्द्र महरा, खगी ऐर, शान्ति ऐर, आरती अवस्थी, ममता ऐर, डम्बरा देवी ऐरलगायत छ जना घाइते भएका हुन् ।

घाइते सबैको झलारीस्थित निजी मेडिकलमा उपचार भइरहे पनि रेविजविरुद्धको खोप लगाउन पाएका छैनन् । डम्बरा देवी र आरतीलाई कुकुरले बढी घाइते बनाएको छ । नल्कामा पानी पिउनका लागि जाँदै गर्दा एकाएक कुकुरले टोकेर घाइते बनाएको डम्बरा देवी ऐरले बताइन् ।

घाइते अधिकांशको आर्थिक अवस्था कमजोर रहेकाले निःशुल्क उपचारका लागि पीडितले याचना गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस