तराईमा निर्वाचनको बातावरण बन्दै छः उपाध्यक्ष गद्दी « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

तराईमा निर्वाचनको बातावरण बन्दै छः उपाध्यक्ष गद्दी


२७ जेष्ठ २०७४, शनिबार


पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले तराईमा दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बताएका छन् ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मधेसवादी दलका मुद्दाप्रति सरकारले देखाएको सकारात्मक दृष्टीकोणले तराईका जिल्लामा दोस्रो चरणको निर्वाचनको वातावरण बन्दैगएको उनले बताए ।

सङ्घीय समाजवादी फोरम नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गद्दीले सस्तो लोकप्रियताका लागि राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेताले निर्वाचनको विरोध गरिरहेको आरोप लगाए ।

उनले तराईका जिल्लामा रहेका मतदाता मानसिक रुपमा निर्वाचनका लागि तयार भएकाले कसैले विरोध गर्दैमा निर्वाचन रोकिने अवस्था नरहेको बताउँदै स्थानीय तहको निर्वाचनलाई लिएर राजपाका नेताहरु नै विभाजित मनस्थितिमा रहेको दावी गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस