बङ्गलादेशका सेना प्रमुख स्वदेश फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बङ्गलादेशका सेना प्रमुख स्वदेश फिर्ता


२७ जेष्ठ २०७४, शनिबार


काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा यहाँ आएका बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मोहमद सफिउल हक पाँच दिने भ्रमण पुरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

उनलाई उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रधान सेनापतिलगायत उच्चपदस्थ सैनिक व्यक्तिसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस