काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते


२७ जेष्ठ २०७४, शनिबार


खोटाङ । नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् ।

काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा झडप हुँदा तामाङ घाइते भएका हुन् ।

चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका काँग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताए ।

तामाङको टाउकामा गहिरो चोट लागेकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । एमालेका कार्यकर्ताले बिहीबार आफ्नो झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको काँग्रेस पक्षको आरोप छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस