गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


२७ जेष्ठ २०७४, शनिबार


दिन रात आमा ! रगतका आँसु खसेका छन्,
पाइलामा दुर्जन टाउकोमा साहु बसेका छन् ।

खुट्टा तान्ने समाजले बिघ्न छेको पासो हालेर,
कुराका छुरा घरिघरि मुटु माझ धसेका छन् ।

नहुनुको पीडाले पिडित मेरो आत्म कहानीमा,
खिसिटिउरीका खित्काको बीसले डसेका छन् ।

पौरखि पाखुरा खिइदै गए गाँस भात नपाएर,
धकेल्दियो दैवले नि ईच्छा तल खसेका छन् ।

जन्मदै दर्द ल्याई आए गर्भमै रुखो खाइ आए,
आफ्नो त भाग्य भित्र सायद मुसा पसेका छन् ।

कुन जन्मको हो खै तिर्नै नसकिने तिरो खातिर,
हात कर्जाले बाधेका छन् ऋणले कसेका छन् ।

प्रतिक्रिया दिनुहोस