गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


२७ जेष्ठ २०७४, शनिबार


भन्नुहुन्छ आमा, मान्छे चिनी मात्र, साथी बनाउनू
मूल हेरेपछि, माटो जाँची मात्र, कुलो खनाउनू

हत्तपत्त गर्दा, ललपत्त हुन्छ, नबिर्सिएस् है
गुनीकन मनमा, कुरो बुझी मात्र, विचार जनाउनू

हौसिएको रोपो, हेर्दै दङ्ग नहो, बेला आउँछ
ढिकुटीमा जब, पर्छ अनि मात्रै, खुसी मनाउनू

बिषैसरि होला, लोभैलाग्दो चाका, भीरमौरीको
अहो पाएँ भन्दै, भीरैतिर हेरी, मुख नबाउनू

जान्नु पर्छ ल है ! युग अनुसार चल्न, कलियुग हो यो
साम–दाम–दण्ड, जेजे गर्नुपर्छ, त्यो अपनाउनू

प्रतिक्रिया दिनुहोस