दुर्घटनामा सैनिकको मृत्यु « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

दुर्घटनामा सैनिकको मृत्यु


२६ जेष्ठ २०७४, शुक्रबार


बस दुर्घटना

बर्दिया । आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए । दुर्घटना परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुबैजना नसिङ्दल सुर्खेतमा दरबन्दी भई स्थानीय निर्वाचनमा खटिएका सैनिक हुन् । उनीहरु नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत जवान हुन् । रासस

प्रतिक्रिया दिनुहोस