इँट्टा उद्योगमै बालबालिकालाई शिक्षा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इँट्टा उद्योगमै बालबालिकालाई शिक्षा


२६ जेष्ठ २०७४, शुक्रबार


मोरङ । इँट्टा उद्योगमा कार्यरत मजदुरका १४१ बालबालिकाले बालविकास केन्द्रबाट औपचारिक शिक्षा लिएका छन् ।

बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत मजदुरका बालबालिकाले शिक्षा लिएका हुन् ।

परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारका अनुसार जिल्लाको बहुसङ्ख्यक इँट्टा उद्योगमा कार्यरत ९० प्रतिशत भारतबाट आएका कामदार र बाँकी १० प्रतिशत मात्र नेपाली कामदार कार्यरत छन् ।

उनले भने, “भाषाको कारण बङ्गाली शिक्षक पाएको छैन जसबाट साना बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।’ सो उद्योगमा ३१० पुरुष, २०३ महिला र ३७ जना किशोर अवस्थाका कामदार रहेको कार्यरत रहेको परियोजनाले जानकारी दिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस