‘पत्रकारितामा विज्ञानको प्रयोग आवश्यक’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘पत्रकारितामा विज्ञानको प्रयोग आवश्यक’


२६ जेष्ठ २०७४, शुक्रबार


चितवन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आयोजनामा तिनदिने विज्ञान समाचार लेखन तालिम भएको छ ।

विज्ञान र प्रविधिसम्बन्धी समाचार लेखन र प्राविधिकको आवश्यक ज्ञान दिँदै सूचना सामग्रीलाई विज्ञानसम्मत बनाउन सो तालिम दिइएको हो ।

तालिम समापनका क्रममा बिहीबार नास्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले विज्ञान विषयमा मात्रै होइन पत्रकारितामा पनि विज्ञानको प्रयोग अति आवश्यक भएको बताए ।

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सिकेका कुरा व्यवहारमा उतार्न सके उपलब्धिमूलक हुने बताए । २०४२ सालमा प्रतिष्ठान स्थापना भए पनि अहिलेसम्म यस्ता खाले तालिम राजधानीमा मात्रै सीमित हुँदै आएको थियो । विज्ञान र प्रविधिको तथ्यपूर्ण सूचनाको प्रयोगलाई बढाउन राजधानीबाहिर पहिलो पटक चितवनबाट तालिमको सुरुआत गरिएको प्रतिष्ठानका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख रमिला राउतले जानकारी दिइन् ।

पत्रकार केदार शर्मा र प्राध्यापक जीवन रेग्मीले विज्ञान÷प्रविधिका विषयवस्तु र यसमा प्रयोग हुने शब्द तथा समाचारमा पर्ने प्रभावबारे तालिम दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस