चमेलिया नदीमा एक किशोर बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चमेलिया नदीमा एक किशोर बेपत्ता


२६ जेष्ठ २०७४, शुक्रबार


बैतडी । चमेलिया नदीमा पौडी खेलिरहेका बेला आज साँझ ५ बजे एक किशोर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका– ५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

ट्युबमाथि चढेर चमेलिया नदीमा पौडी खेलिरहेका बेला उनी एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता किशोरको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस