संविधान संशोधन नभए चुनाव बहिस्कारः अध्यक्ष ठाकुर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संविधान संशोधन नभए चुनाव बहिस्कारः अध्यक्ष ठाकुर


२६ जेष्ठ २०७४, शुक्रबार


धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताएका छन् ।

धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताए ।

कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिजृना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पना समेत गर्न नसकिने बताए ।

संविधान संशोधन नभए राजपा चुनाबमा सहभागी नहुने यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने बताएका छन् ।

जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने धारणा व्यक्त गरे ।

नेता महतोले भने, “मधेसीको माग सम्बोधन नगरी जÞर्वजस्ती गराएको निर्वाचनको कुनै अर्थ रहँदैन र यसले देश झन द्वन्द्वमा फस्न सक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्दछ ।”

महासचिव राजिव झाले मधेसीको माग पुरा नगरी मधेसमा चुनाव गराउने कुरा दीवास्वप्न वाहेक केहि होइन भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस