नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि


२५ जेष्ठ २०७४, बिहिबार


काठमाडौँ । नेपाल बङ्गलादेश युवा सम्मेलन यही जेठ २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

साउथ एसिया पार्टनसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा पर्यटन बोर्डको सभाहलमा हुने सो सम्मेलनमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षालगायत विषयमा छलफल गरिनेछ ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा साप नेपालका अध्यक्ष नरेन्द्र जोशीले दुई देशका युवाबीचको सम्बन्धलाई सुदृढ पारी दुबै देशको सम्बन्धमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको जानकारी दिए ।

चेल्सी इन्टरनेसनल एकेडमीका अध्यक्ष आनन्द आदित्यले दक्षिण एसियाको समग्र विकास एवम् आर्थिक समृद्धि, पर्यटन विकास, महिला सशक्तिकरण वातावरण संरक्षणका क्षेत्रमा समेत सम्मेलनमा छलफल हुने बताए ।

दुवै देशबाट १८ वर्षदेखि ४० वर्षसम्मका ४०÷४० युवाको प्रतिनिधित्व हुने उक्त सम्मेलनमा जलवायु परिवर्तन तथा युवा सशक्तीकरणलगायत विषयमा अनुभव आदान प्रदान गरिने छ । नेपालको सन् १९७२ मा बङ्गलादेशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस