‘केवलको निधनबाट साहित्यमा अतुलनीय क्षति’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘केवलको निधनबाट साहित्यमा अतुलनीय क्षति’


२५ जेष्ठ २०७४, बिहिबार


काठमाडौँ । साहित्यकार मेदनीकुमार केवलको निधनले नेपाली साहित्यलाई अतुलनीय क्षति भएको साहित्यकारले बताएका छन् ।

स्वर्गीय केवलको १३ औँ दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी साहित्यकारले नेपाली र अवधि साहित्यमा उहाँको योगदान अविस्मरणीय भएको चर्चा गरे ।

साहित्यकार खिमानन्द पोखरेलले केवल एक सफल साहित्यकार मात्र नभई सरल र शालीन व्यक्तित्व भएको स्मरण गरे ।

भारतको सिक्किममा साहित्यिक कार्यक्रममा सहभागी हुन पोखरेलसँगै पुगेका केवलको यही जेठ १३ गते हृदयाघातका कारण निधन भएको थियो । पोखरेलले कार्यक्रममा उनीसँगको यात्रा र अन्तिम अवस्था भएका कुराकानीबारे जानकारी गराएका थिए ।

‘नेपाली भाषा बचाऊ’ अभियानका संयोजक डा. बलदेव गाउँलेले स्व. केवलको योगदान साहित्य रचनामा मात्र नभई नेपाली भाषालाई बचाउनुपर्छ भन्ने सङ्र्घषमा पनि उत्तिकै भएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा केवलका मित्र कुलचन्द्र वाग्लेले उनी एक स्वाभिमानी व्यक्ति भएको भन्दै साहित्यका लागि जुनसुकै समयमा जे पनि गर्न तयार रहने बताए ।

“उनी एक अत्यन्तै सहयोगी स्वभावको भएकाले हरेक समय त्यसका लागि तत्पर हुन्थे । उनले अवधि साहित्यलाई समेत नयाँ उचाइमा पुर्याका छन् । उनले राजनीतिक लेखकका रुपमा आफूलाई परिचित बनाएका थिए”– वाग्लेले भन ।

गोरखापत्रका पत्रकार त्रिभुवनचन्द्र वाग्लेले स्व. केवलले आफूले दिएको योगदानका दाँजोमा अत्यन्तै सरल व्यक्ति भएकाले उनीप्रति सच्चा सम्मान गर्दै उनको स्मृतिमा जीवनी प्रकाशित गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, आजै प्रजातान्त्रिक विचार समाजले विज्ञप्ति जारी गर्दै केवलप्रति श्रद्धाञ्जलि ज्ञापन गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस