शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित


प्रशासन विशेष ब्युरो

२३ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

गणतान्त्रिक नेपालका दशौं प्रधानमन्त्री देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । देउवा चौथोपटक प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका देउवालाई कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस