दक्षिण एसियाली प्रशिक्षणमा नेपाली किसानको सहभागिता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण एसियाली प्रशिक्षणमा नेपाली किसानको सहभागिता


२२ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । किसानहरुको विश्वव्यापी सङ्गठन लाभिया क्याम्पेसिनाको आयोजनामा दक्षिण एसियाका युवा किसानको पाँचदिने प्रशिक्षण सम्पन्न भएको छ ।

भारतको लखनउमा यही जेठ ११ देखि १६ गतेसम्म भएको प्रशिक्षणमा दक्षिण एसियाका युवा किसानको समस्या र चुनौतीको समाधान गर्दै युवालाई कृषि पेसामा आकर्षित गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा भारतीय किसान युनियनको स्थानीय व्यवस्थापन रहेको उक्त शिविरमा नेपाल, बंगलादेश र श्रीलङ्काका साथै भारतका कर्नाटक, तमिलनाडु, मध्यप्रदेश, उत्तरप्रदेश लगायत स्थानका सङ्गठनको प्रतिनिधित्व थियो । फ्रान्स र इन्डोनेसियाका पर्यवेक्षकसमेत सहभागी उक्त कार्यक्रममा दलित, महिला, आदिवासी, विद्यार्थीसमेत लगभग ७० युवाको प्रतिनिधित्व थियो ।

प्रशिक्षणमा नेपालका तर्फबाट प्रमेश पोखरेलले खाद्य सम्प्रभुता र सार्वजनिक नीतिका बारेमा प्रस्तुति दिँदै नेपालमा जनताको सङ्घर्षबाट संवैधानिक रुपमा मौलिक हकका रुपमा खाद्य सम्प्रभुता रहेको उल्लेख गर्नुभयो । कार्यशालामा भाग लिन नेपालबाट अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य पोखरेलको नेतृत्वमा गएको १२ सदस्यीय नेपाली युवा किसानको प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस