पुच्छेतारा पृथ्वीबाट नजिक देखिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुच्छेतारा पृथ्वीबाट नजिक देखिँदै


२२ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । पुच्छेतारा (धूम्रकेतु सी/२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ ।

बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्रह निरीक्षण (कटेलिना स्काइ सर्वे) अन्तर्गत पहिलो पटक सो धूम्रकेतु पत्ता लगाएका थिए । सो धूम्रकेतु हाइपरबोलिक भएकाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा आज १२ करोड १३ लाख ३९ हजार ७८६ किमीको दूरीमा देखिने सोसाइटीले जनाएको छ । खगोलीय दुर्लभ यो घटनालाई नजिकबाट नियाल्न चाहनेका लागि सोसाइटीले बेलुकी ६ः३० बजेदेखि ९ बजेसम्म अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा देखाउने व्यवस्था मिलाएको छ ।

सो अवसरमा पृथ्वीको चन्द्रमा तथा बृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने अध्यक्ष भट्टराईले बताए । अवलोकनमा सहभागी हुनेलाई खगोल, खगोल भौतिक विज्ञान र अन्तरीक्ष विज्ञानसम्बन्धी जिज्ञासा पनि विज्ञसमक्ष राख्न सक्ने व्यवस्था मिलाइने छ । सोसाइटीले १० वर्षअघिदेखि खगोलीय घटना सम्बन्धमा इच्छुकलाई निःशुल्क देखाउँदै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस