वातावरण संरक्षणका लागि विभिन्न आठ मुलुकमा मोटरसाइकल यात्रा सुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वातावरण संरक्षणका लागि विभिन्न आठ मुलुकमा मोटरसाइकल यात्रा सुरु


२२ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । विश्व वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा चेतना फैलाउने उद्देश्यले पाँच नेपाली युवाले विभिन्न आठ मुलुकमा मोटरसाइकल यात्रा आजदेखि सुरु गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको परिसरबाट सुरु गरिएको सो यात्रामा धादिङका दीपकप्रसाद पौडेल, सुरज अधिकारी, रमेश धिताल र रामकृष्ण नेपाल तथा मकवानपुरका श्यामप्रसाद सुवेदी सहभागी छन् ।

यात्राका सहभागीले नेपालले वातावरण संरक्षणका क्षेत्रमा गरेका प्रयासबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउनेछन् । उनीहरुले भारत, बङ्गलादेश, म्यान्मार, लाओस, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र इन्डोनेसियाको भ्रमण सम्पन्न गरी १०१ दिनमा स्वदेश फर्कनेछन् ।

सोमबार आयोजित बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले यात्रुलाई सफलताका कामना गर्दै यात्राका क्रममा सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट सहयोगका लागि वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

सांसद गुरुप्रसाद बुर्लाकोटी, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल, व्यवसायी राजन न्यौपाने लगायतले सो कार्यले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस