सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म यथास्थितिमा राख्नु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म यथास्थितिमा राख्नु


२२ जेष्ठ २०७४, सोमबार


काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका  वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशले उक्त आदेश दिएको हो ।

भरतपुरको मतगणना विवादमा निर्वाचन आयोगको गत शनिबार १९ नं. वडाको मतदान अबैध घोषित गरी नयाँ निर्वाचनको मिति घोषणा गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिए पछि निर्वाचन आयोगको निर्णय बदर गर्न र च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गर्दै वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस