१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनका बारेमा ठोस निष्कर्ष दिएनन्

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखेको छ । अन्य केही दलले भने ती दुई विषयलाई अलग अलग रुपमा हेर्नुपर्ने बताएका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताए ।

प्रधानमन्त्री चयनकै विषयमा छलफल गर्न आज सभामुख ओनसरी घर्तीले आह्वान गरेको कार्य व्यवस्था परामर्श समिति बैठकमा समेत सहमति नभएपछि दलहरु अलग अलग गृहकार्यमा जुटेका हुन् । अहिले केहीबेरमा सो समितिको बैठक पुनः बस्दैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भरतपुरको मतगणना तत्काल सुरु हुनुपर्ने र एमालेले पनि संसद् अवरोध खुलाई प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्ने आफ्नो पार्टीको धारणा आठ दलीय बैठकमा राखेको जानकारी दिए ।

उनले एमाले र राप्रपाबीच पहिलो चरणको स्थानीय तह निर्वाचनका विषयमा समीक्षा पनि गरिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस