काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ मा सारेको थियो ।
असार ९ गते मुस्लिम समुदायको महान पर्व रमजान परेका कारण सरकारले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।
मुस्लिम समुदायका अगुवाहरूले मंगलबार प्रधानमन्त्री दाहाललाई भेटी ९ गते आफुहरुको महान पर्व रमजान पर्ने भएकाले त्यसलाई मध्यनगर गरी चुनावको मिति तय गर्न आग्रह गरेका थिए ।
भेटमा प्रधानमन्त्री दाहालले सरकार तपाईहरुको मागप्रति सकारात्मक रहेको बताउदै निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छौं भन्दै आस्वासन दिएका थिए ।’







