लहानमा करेन्ट लागेर मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लहानमा करेन्ट लागेर मृत्यु


१६ जेष्ठ २०७४, मंगलबार


लहान । पानी तान्ने मोटरबाट करेन्ट लागेर मंगलबार बिहान सिरहाको लहान नगरपलिका– १९ स्थित छरापट्टीमा एक महिलाको मृत्यु भएको छ ।

ट्युबवेलमा जडान भएको मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर स्थानीयवासी २८ वर्षीया नुरजाहा खातुनको मृत्यु भएको हो । खातुनलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस