मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल चालकको मृत्यु


१६ जेष्ठ २०७४, मंगलबार


बस दुर्घटना

मोरङ । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।

विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस