हावाहुरी पीडितलाई जस्तापाता वितरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हावाहुरी पीडितलाई जस्तापाता वितरण


१५ जेष्ठ २०७४, सोमबार


लहान । हावाहुरीका कारण पीडित भएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ र ५ का स्थानीयलाई आइतबार राहतस्वरुप घर छाउन जस्तापाता वितरण गरिएको छ ।

कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरीले गत जेठ १ गते साँझ आएको हावाहुरीका कारण घरमा क्षति पुगेका शम्भुनाथ नगरपालिका ३ र ५ का १४६ पीडित परिवारलाई राहतस्वरुप जस्तापाता वितरण गरेको हो ।

हावाहुरीले घरमा छाएको जस्तापाता उडाएको र घरमा क्षति पुगेका स्थानीय पीडित परिवारलाई प्रतिपरिवार नौ फिटे १६ थानका दरले जस्तापाता वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले जानकारी दिए ।

हावाहुरीबाट पीडित परिवारलाई थोरै भए पनि राहत पुर्याउने उद्देश्यले जस्तापाता वितरण गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस