नहरमा डुबेर बालिकाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नहरमा डुबेर बालिकाको मृत्यु


१५ जेष्ठ २०७४, सोमबार


भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो । नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन । धामीसँगै गएका अन्य एक बालिका भने सकुशल रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

पानीमा डुबेर घाइते अवस्थामा रहेकी धामीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस