चाँगुनारायण ७ मा काँग्रेस विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चाँगुनारायण ७ मा काँग्रेस विजयी


१५ जेष्ठ २०७४, सोमबार


भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् ।

उनले एक हजार ७१ मत प्राप्त गरे भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले काँग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गरिन् । दुर्गाले ८९० मत प्राप्त गरिन् भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस