२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटनामा पाँचको मृत्यु

अ+ अ-

धादिङ । धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आइतबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन् ।

स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नं.को बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएको घाइतेको उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले बताए । बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

घटनास्थलमा ढिला मात्र प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस