गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन


१४ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । रेडियो नेपाल र गृह मन्त्रालयको संयुक्त आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर लोकगीत सम्मेलनको आयोजना गरिएको छ ।

गणतन्त्र दिवस २०७४ को पूर्वसन्ध्यामा आज रेडियो नेपालको प्राङ्गणमा भएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले आफ्नो गीत प्रस्तुत गरेका थिए ।

सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकको गणतन्त्र स्थापनामा रेडियो नेपाल र लोकगीतको ठूलो भूमिका रहेको बताए । उनले भने, “नेपालको लोकगीत बचाउन रेडियो नेपालको ठूलो भूमिका रहेको छ ।”

उनले लोकगीत र लोक संस्कृतिको संरक्षणमा रेडियो नेपालको ठूलो भूमिका रहेको भन्दै यसलाई प्रविधियुक्त बनाउनु जरुरी रहेको उल्लेख गरे ।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले गणतन्त्रको मूल मर्म लोक संस्कृति र कला भएकाले यसको विकासका लागि रेडियो नेपाल सधैँ कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा लोकगायक एलपी जोशी, मीरा राणा, जेवी टुहुरे, तीर्थकुमारी थापा, जीवन शर्मा र रचना जीसीलगायत २१ जना गायकले आफ्नो गायन प्रस्तुत गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस