रसियाली हवाई आक्रमणमा एकसय बीस आइएस लडाकुको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रसियाली हवाई आक्रमणमा एकसय बीस आइएस लडाकुको मृत्यु


१४ जेष्ठ २०७४, आइतबार


सिरिया । सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले शनिबार जनाएको छ ।

रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे केही बताइएको छैन ।

साना न्यूज एजेन्सीले मेसिनगनले सुसज्जित ३९ वटा ‘पिकअप’ गाडी पालमिरातर्फ हिँडिरहेका बेला आक्रमण भएको बताइएको छ ।

सिरियाली सेना र यसको सहयोगी हेजबुल्लाह समूहलगायत रसियाली वायुसेनाले गरेको संयुक्त कारबाही सिरियाली सुख्खा क्षेत्रमा अवस्थित राजमार्गमा भएको र यसबाट सो क्षेत्रमा विद्रोही साह्रै कमजोर बनेको सिरियाली वसर अल असदको प्रशासनले जनाएको छ ।

प्रशासनले इराक र जोर्डन सीमालाई आइएसको उपस्थितिहीन अवस्थामा ल्याउन पछिल्लो कारबाही भएको बताइएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस