१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

अ+ अ-

काठमाडौँ । साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् ।

सनिबार आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए ।

उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए ।
साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि स्वर्ग रहेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताए ।

उनले भने– “युरोप, अमेरिकामा नयाँ कथा र परिवेश पाउन सकिँदैन सबै कृतिमता छ, नेपालमा प्रत्येक पाइलामा नयाँ कथा र पात्र भेटाउन सकिन्छ ।
साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लले बढ्दो उमेरकाबीच साहित्यकार थापाको निरन्तर कृति प्रकाशनप्रति बधाई दिँदै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

लेखक थापाले उपन्यासका प्राय कथा आफ्नै जीवन भोगाइ र दृश्य देखाइका घटना भएको बताए ।

आफूले मद्यपान नगरे पनि समाजको त्यो अध्यारोपाटोलाई आफूले नजिकबाट नियालेका आधारमा यो कृति तयार भएको उनको भनाइ छ ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक ३२० पृष्ठ र मूल्य ४५४ रहेको छ । साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथा सङ्ग्रह्र, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पूर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस