परशुराम नगरमा काँग्रेसले दियो चुनावी कार्यक्रममा तिव्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परशुराम नगरमा काँग्रेसले दियो चुनावी कार्यक्रममा तिव्रता


१४ जेष्ठ २०७४, आइतबार


डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारका कार्यक्रममा तिव्रता दिएको छ । काँग्रेसले परशुराम नगरपालिका १२ कैनपानीमा शनिबार विशाल चुनावी सभा सम्पन्न गरेको छ । काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी  नेता भिमवहादुर साउँदले उक्त सभालाई सम्बोधन गरेका थिए ।

युवा, उर्जावान, उद्यमशील, इमान्दा र कर्तव्यनिष्ट नेता मेयरका रुपमा पाउने बताउदै कार्यक्रममा करिब १०० जना भन्दा बढी काँग्रेसमा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा स्थानीय बासिन्दाले स्थानीय सँस्कृति झल्कने डेउडा खेलेलेर रमाइलो पनि गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस