खोलाले बगाउदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खोलाले बगाउदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता


१३ जेष्ठ २०७४, शनिबार


ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीमती २१ वर्षीया रिना तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेपत्ता रिनाको खोजी भइरहेको छ । शुक्रबार सो क्षेत्रमा ठूलो वर्षा भएकाले खोला बढेको स्थानीयवासीले बताएका छन् । खोलामा पानीको सतह बढे पनि दुबै एकैसाथ खोला तर्ने क्रममा अचानक बगेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस