१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले सदन अवरोध गर्दा संसद् बैठक स्थगित

अ+ अ-

काठमाडौँ । सभामुख ओनसरी घर्तीको पटक–पटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरोध गरेपछि व्यवस्थापिका–संसद्को बैठक आज चल्न सकेन् । बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको पहिलो बैठक पुनःअपराह्न ४ बजेका लागि तय भएको थियो । दोस्रो पटक बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुले उठाएको माग सम्बोधन नहुँदासम्म बैठक चल्न नसक्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएका सन्दर्भमा स्थानीय तहको सङ्ख्या थप भएको, प्रधानन्यायाधीश माथिको महाअभियोगको प्रस्ताव फिर्ता नभएको, स्थानीय तहको पहिलो चरणको निर्वाचनको समयमा भएको भनिएको अनियमितताको छानबिनका लागि संसदीय समिति गठनलगायतका विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

सभामुख घर्तीले प्रमुख प्रतिपक्षीले उठाएको मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आशन ग्रहण गर्न पटकपटक आग्रह गरे पनि प्रतिपक्षले अस्वीकार गर्यो ।

सभामुखले बिहीबार आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको र उनलाई धन्यवाद ज्ञापन गर्नसमेत संसद्को बैठक चलाउनुपर्ने संवैधानिक बाध्यता रहेको जानकारी गराइन ।

उनले सरकारको नीति तथा कार्यक्रम पारित नभइकन आगामी आवको बजेट ल्याउन नपाउने तथा यही जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले सदन चल्नुपर्ने अवस्था रहेको भन्दै आशन ग्रहण गर्न प्रतिपक्षी दललाई आग्रह गरिन् ।

सभामुखको पटकपटकको आग्रहलाई प्रतिपक्षी दलले अस्वीकार गर्दै आशन ग्रहण नगरेपछि शनिबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन । सदन खुलाउने विषयमा संसद् भवन नयाँ बानेश्वरमा नै प्रमुख दलहरुबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

प्रतिक्रिया दिनुहोस