परिवार दल दसौँ स्थानमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परिवार दल दसौँ स्थानमा


१२ जेष्ठ २०७४, शुक्रबार


इटहरी । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री एकराज ढकालले शान्तिपूर्ण ढङ्गले समृद्धशाली नागरिक भएको नेपाल निर्माणका पक्षमा व्यापक जनमत तयार गर्ने उद्देश्यका साथ आफ्नो दलले निर्वाचनमा भाग लिएको बताए ।

अध्यक्ष ढकालले शुक्रबार सुनसरीको इटहरीमा प्रदेश नं. १ को पार्टी प्रशिक्षण तथा पार्टीको नीति तथा कार्यक्रमका विषयमा प्रशिक्षण दिँदै पहिलो चरणमा निर्वाचन भएका प्रदेशमा आफ्नो पार्टी कम्तीमा दसौँ स्थानमा आउन सफल भएकामा सन्तोष व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस