तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति


१२ जेष्ठ २०७४, शुक्रबार


गौशाला । शुक्रबार एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पुर्याएको छ ।

आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पु¥याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

आँधीहुरी र वर्षाले दर्जनौँ घर, स्कुल, अस्पताललगायतका छाना उडाएको छ भने कतिको घरबारसमेत लडेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

अत्यधिक बेगमा आएको आँधीहुरीले जिल्लाका विभिन्न गाउँमा दर्जनौँ रुख ढलेका छन् भने कति ठाउँमा बिजुलीको पोलसमेत ढालेको प्रहरीले जनाएको छ ।

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झाकाअनुसार आँधीहुरीसँगै आएको भीषण वर्षाले जिल्लामा रहेको आँप, लिचीमा ठूलो क्षति पुर्याएको छ भने सयौँ किसानको लाखौँ मूल्य बराबरको तरकारी बालीसमेत नष्ट पारेको छ ।

करिब एक घन्टासम्म जिल्लामा अविरल रुपमा चलेको तीव्रगतिको आँधीहुरीसँगै परेको भीषण वर्षाले सबैलाई भयभित बनाएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस