लेखनाथ महानगरपालिका पोखरामा एमाले विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लेखनाथ महानगरपालिका पोखरामा एमाले विजयी


१२ जेष्ठ २०७४, शुक्रबार


पोखरा । लेखनाथ महानगरपालिका पोखराको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् भने उपमेरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भएकी छिन्।

जिसी ६०४२३ का साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६४१६ मत प्राप्त गरे । उपमेयरकी उमेदवार एमालेकी गुरुङले ५६४४८ मत प्राप्त गर्दै विजय हासिल गरिन भने कांग्रेसकी सरस्वती गुरुङले ४४३३८ मत पाइन् ।

पोखरामा कांग्रेस–माओवादीबीच गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस