एमालेद्वारा संसद बैठक अवरुद्ध, भोलि बस्ने गरी संसद बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेद्वारा संसद बैठक अवरुद्ध, भोलि बस्ने गरी संसद बैठक स्थगित


११ जेष्ठ २०७४, बिहिबार


काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दा संसदले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई बधाई ज्ञापन समेत गर्न पाएन ।

एमालेले भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिए पनि संसद बैठक पुनः सुरु हुदा अवरोध पुर्याएको हो ।

एमालेलगायतका विपक्षी दलहरुले प्रधानन्याधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग, पछिल्लो पटक स्थानीय तह थप गर्ने सरकारको निर्यण फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् ।
बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध जनाएपछि बिरोधकै बिचबाट संसद बैठक भोलि शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख ओनसरी घर्तिले घोषणा गरेकी छिन् । सदन स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस