लेखनाथ महानगरको २६ र २९ नं. वडामा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लेखनाथ महानगरको २६ र २९ नं. वडामा एमाले विजयी


११ जेष्ठ २०७४, बिहिबार


पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नं. वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

महानगरको २६ नं. वडाको अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गरे ।

वडाको महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा रामकृष्ण जिसी र खड्कबहादुर रानाभाट विजयी बनेका छन् ।

यस्तै वडा नं. २९ को अध्यक्षमा एमालेकै चेतबहादुर गुरुङ एक हजार ४४८ मतसहित विजयी बने । उनका निकटतम प्रतिद्वन्दी दीपकमणि भण्डारीले एक हजार २२३ मत प्राप्त गरे ।

वडाको महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा मनकुमारी सुनार, खुला सदस्यद्वयमा थलबहादुर पाण्डे र हेमबहादुर बानियाँ निर्वाचित भए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस