लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर


१० जेष्ठ २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०७४ जेठ ८ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ जिल्लाका कति स्थानीय तह थप गर्ने निर्णय गरेको छ ?
– २२
– यससँगै स्थानीय तहको सङ्ख्या ७६६ पुगेको छ । सरकारले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, बारामा १, कैलालीमा १ र बाँकेमा १ स्थानीय तह थप गरेको ।
– त्यसैगरी विभिन्न जिल्लाका २४ गाउँपालिलाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय समेत गरेको ।
– हल उपमहानगरपालिका रहेका वीरगञ्ज र विराटनगराई महानगरपालिका बनाइएको ।
– यो निर्णयसँगै नेपाल राज्यभर महानगरपालिकाः ६, उपमहानगरपालिकाः ११, नगरपालिका २७० र गाउँपालिका ४७९ गरी कुल स्थानीय तह ७६६ पुगेको ।

२.‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार– २०१७’ द्वारा सम्मानित हुने उद्यमी को हुन् ?
– चौधरी गुरुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरी
(भारतको राजीव गान्धी फाउन्डेसनद्वारा सो पुरस्कार प्रदान गरिएको ।)

३. अन्तर्राष्ट्रिय स्टेनलेस स्टिल फोरम (आईएसएसएफ) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१६ मा सबैभन्दा बढी स्टिल उत्पादन गर्ने राष्ट्र कुन हो ?
– चिन
(प्रतिवेदनअनुसार सन् २०१६ मा भारत विश्वकै दोस्रो ठूलो स्टिल उत्पादक राष्ट्र बनेको ।)

४. मोडल इन्सुरर एसिया– २०१७ उपाधिबाट सम्मानित हुने संस्था कुन हो ?
– अमेरिकी होल्डिङ कम्पनी मेटलाइफ इङ्क
(कम्पनीको सिङ्गापुरस्थित इनोभेसन सेन्टर लुमेन ल्याबले सेलेन्टको मोडल इन्सुरर एसिया उपाधि जितेको हो । सेलेन्टले नवप्रवर्तन र उदीयमान प्रविधि शीर्षकमा सो उपाधि प्रदान गरेको ।)

५. ‘कला आफैमा प्रकृतिको अनुकरण बाहेक केही होइन ।’ भन्ने विचारक को हुन् ?
– सेनेका

६. सरकारले हुलाकी राजमार्ग अन्र्तगत कति स्थानमा नयाँ  सहर निर्माण गरेको छ ?
– दश
– आ.व. २०७३/७४ को बजेट भाषणमा हुलाकी राजमार्गमा नयाँ विकास गर्ने घोषणा भएअनुसार तराई–मधेसका १० जिल्ला झापा (गौरीगञ्ज), मोरङ (रङ्गेली), सप्तरी (शम्भुनाथ), महोत्तरी (बलवा सरपल्लो), सर्लाही (इश्वरपुर) बारा (महागढीमाई) नवलपरासी (वर्दाघाट), बर्दिया (राजापुर), कैलाली (भजनी त्रिशक्ति) र कञ्चनपुर (तिलौरी) मा नयाँ सहर निर्माण गरिने ।
– मध्यपहाडी लोकमार्गका नयाँ सहर निर्माण गर्ने ढाँचामै हुलाकी राजमार्गमा पूर्व–पश्चिम लोकमार्गको समानान्तर नायँ सहर विकास गरिने भएको ।

७. नेपालमा प्रसारण भइरहेका विदेशी च्यानललाई सरकारले कहिलेदेखि विज्ञापनरहित बनाउने निर्णय गरेको छ ?
– वि.सं. २०७४ श्रावण १
(नीति कार्यान्वयनमा आए पश्चात बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलबाटै प्रसारण गर्नुपर्ने हुँदा स्वदेशी विज्ञापन एजेन्सी र टेलिभिजन च्यानलको विज्ञापन बजार फराकिलो हुनेछ । त्यसबाट विज्ञापन बजारको वृद्धिसँगै सरकारले प्राप्त गर्ने राजस्वमा समेत थप योगदान पुग्नेछ ।)

८. प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ?
– प्रकाश वर्ष

९. कुन लेन्सलाई केन्द्रीकरण लेन्स (C0nverging Lens) पनि भनिन्छ ?
– कन्भेक्स लेन्स

१०. लेन्सद्वारा पर्दामा उतार्न सकिने आकृतिलाई के भनिन्छ ?
– बास्तविक आकृति

११. दुई फरक गुण भएका जीव बीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
– हाइब्रिडाइजेसन

१२. दक्षिण एसियाली राष्ट्रलाई उपयोगको अधिकार दिने गरी भारतद्वारा सार्क स्याटेलाइटको प्रक्षेपण कहिले गरिएको हो ?
– सन् २०१७ मे ५

१३. सन् २०१७ मेमा इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा को विजयी भएका हुन् ?
– हसन रूहानी
(रूहानी दोस्रो कार्यकालका लागि त्यहाँको राष्ट्रपति बन्न सफल भएका ।)

१४. नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हीरक’ जयन्तीका अवसरमा ‘हिरक सम्मान’बाट सम्मानित गरेका स्रष्टा को–को हुन् ?
– आनन्ददेव भट्ट, चुडामणि रेग्मी, जसराज किराँती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वँग, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धर

१५. नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१६ मा नेपाल भ्रमण गर्न आउने पर्यटकका हिसाबले प्रमुख पाँच राष्ट्र कुन–कुन हुन् ?
– क्रशः भारत, चीत, श्रीलङ्का, अमेरिका र बेलायत
(सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका । सन् २०१५ मा भने पाँच लाख ३९ हजार पर्यटकले नेपाल भ्रमण गरेका ।)

१६. अमेरिकका नवनिर्वातित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमण कुन देशमा गरेका छन् ?
– साउदी अरब
(ट्रप्म आठ दिने भ्रमणका क्रममा सन् २०१७ मे २० मा साउदी अरब गएका । उनको यो भ्रमणलाई इस्लामिक देशसँगको अमेरिकाको सम्बन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको ।)

१७. कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको मुख्य लगानीमा निर्माण गर्न थालिएको वेतन–कर्णाली जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
– ६८८ मे.वा.
– सुर्खेतको वेतनमा बन्ने यस आयोजनाको दुई वर्ष भित्रमा सर्भेक्षणको काम सक्ने र सर्भेक्षण सकेको पाँच वर्षमा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य रहेको ।
– आयोजनामा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको सबैभन्दा धेरै ४० प्रतिशत सेयर स्वामित्व हुने, सो बाहेक सञ्चय कोषको थप १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत एवं आयोजना प्रभावित स्थानीयको १० प्रतिशत सेयर स्वामित्व हुने ।
– आयोजना ‘पिकिङ रन अफ द रिभर’ मोडलमा बन्ने ।
– आयोजनाको कुल लागत ८० देखि ९० अर्ब रुपियाँ हुने अनुमान ।

१८. TITI को पूरारुप के हो ?
– Training Instiute For Technical Instruction

१९. पृथ्वीको सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ?
– वायुमण्डलीय चाप
(पृथ्वीको सतहमा वायुको चाप बढी हुन्छ भने सहतबाट जति माथि गयो वायुमण्डलीय चाप घट्दै जान्छ ।)

२०. राष्ट्रिय मानव अधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङगका रुपमा व्यवस्था गरिएको हो ?
– वि.सं. २०६३ माघ १
(नेपालको अन्तरिम संविधान, २०६३ सँगै ।)

२१. हाल विश्वकै सबैभन्दा अग्लो भनव कुन हो ?
– बुर्ज खलिफा दुबई
(संयुक्त अरब इमिरेट्सको दुबईमा निर्मित उक्त भवनको उद्घाटन सन् २०१० जनवरीमा गरिएको हो । भवन ८ सय २८ मिटर अर्थात् २७ सय १६ फिट अग्लो रहेको छ ।)

२२. ‘पर्यटनका लागि सँगसँगै’ (Together For Tourism) भन्ने नाराका साथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ।
– सन् २०११
(यसअघि सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ र सन् २००२–२००३ लाई ‘गन्तव्य नेपाल वर्ष’ का रुपमा मनाइएको थियो ।)

२३. टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?
– उडुस

२४. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
– ३ भागमा
(कोसी प्रदेशः पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म,
गण्डकी प्रदेशः पूर्वमा लामटाङदेखि पश्चिममा धौलागिरि हिमालसम्म,
कर्णालीः पूर्वमा धौलागिरि हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म ।)

२५. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?
उत्परिवर्तन
– एउटै जातिका सजीवको बीचमा देखापर्ने असमानताालई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।
– एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।

२६. मानव विकासको क्रममा सबैभन्दा छोटो अवधि कुन हो ?
– नवजात अवस्था

२७. मानव विकासको कुन अवस्थालाई आँधी र तूफानको अवस्था भनिन्छ ?
– किशोरावस्था

२८. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (North Atlantic Treaty Organization) को स्थापना कहिले भएको हो ?
– सन् १९४९ अप्रिल ४
(यस सङ्गठनको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको ।)

२९.अरब राष्ट्रबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?
– सन् १९४५ मार्च २२
(यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)

विषयगत प्रश्नोत्तर

१. नेपालको संविधान अनुसार गाउँ कार्यपालिका, गाउँ सभा, नगर कार्यपालिका, नगर सभा, न्यायिक समिति, जिल्ला सभा तथा जिल्ला समन्वय समिति के कसरी गठन हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधान अनुसार गाउँ कार्यपालिका, गाउँ सभा, नगर कार्यपालिका, नगर सभा, न्यायिक समिति, जिल्ला सभा तथा जिल्ला समन्वय समिति देहाय बमोजिम गठन हुने व्यवस्था छः
गाउँ कार्यपालिकाको गठन
क. गाउँपालिकाको अध्यक्ष,
ख. गाउँपालिकाको उपाध्यक्ष,
ग. प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष,
घ. गाउँ सभा भित्रबाट गाउँ सभाले निर्वाचित गरेका दलित वा अल्पसङ्ख्यक दुई जना,

गाउँ सभाको गठन
क. गाउँपालिकाको अध्यक्ष
ख. गाउँपालिकाको उपाध्यक्ष,
ग. प्रत्येक वडाका वडा अध्यक्ष,
घ. प्रत्येक वडाका चारजना वडा सदस्य,
ङ. दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित दुई जना सदस्य,

नगर कार्यपालिकाको गठन
क. नगर प्रमुख,
ख. नगर उपप्रमुख,
ग. प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष,
घ. नगर सभा भित्रबाट नगर सभाले निर्वाचित गरेका सहिला सदस्य पाँच जना,
ङ. नगर सभा बाहिरबाट नगर सभाले निर्वाचित गरेका दलित वा अल्पसङ्ख्यक तीन जना,

नगर सभाको गठन
क. नगर प्रमुख,
ख. नगर उपप्रमुख,
ग. प्रत्येक वडाका चारजना वडा सदस्य,
ङ. दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य

न्यायिक समितिको गठन
कानुन बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद निरुपण गर्न प्रत्यक गाउँपालिका र नगरपालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । यस्तो न्यायिक समिति गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा रहने र त्यस समितिमा गाउँ सभाले आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था छ । त्यसैगरी नगरपालिकामा नगर उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने र त्यस समितिमा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था छ ।

जिल्ला सभाको गठन
जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न प्रत्येक जिल्लामा जिल्ला सभा रहने व्यवस्था छ, जसमा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ ।

जिल्ला समन्वय समितिको गठन
जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पादन गर्न प्रत्येक जिल्लामा जिल्ला समन्वय समिति रहने व्यवस्था छ । जिल्ला भित्रका गाउँपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरी जिल्ला समन्वय समितिको गठन गर्दछन्, जसमा देहाय बमोजिम कम्तीमा छजना र बढीमा नौजना सदस्य रहने व्यवस्था छः
क. प्रमुख एक जना,
ख. उपप्रमुख एक जना,
ग. कम्तीमा तीन जना महिला,
घ. कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक,
जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुने र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ सभा वा नगर सभाको सदस्य पद स्वतः रिक्त हुने व्यवस्था छ ।

२. सहस्राव्दी विकास लक्ष्यका सन्दर्भमा नेपालले हासिल गरेको प्रगतिको समीक्षा गर्दै चौधौँ योजनाको सोच, लक्ष्य र उद्देश्य प्राप्त गर्न अघि सारिएका प्रमुख रणनीति औँल्याउनुहोस् ?
सहस्राव्दी विकास लक्ष्यका सन्दर्भमा नेपालले दसौँ योजनादेखि नै आवधिक योजनामा समावेश गर्दै समाजिक विकासका क्षेत्रमा उल्लेख्य साधन विनियोजन गरी आवश्यकताको पहिचान गरिएको छ । यस सम्बन्धमा चार पटक प्रतिवेदन तयार गरी प्रगतिको समीक्षा भएको छ । दसवर्षे आन्तरिक द्वन्द्व र त्यसपछिको सङ्क्रमणकालका बावजुद अधिकांश लक्ष्य हासिल भएका छन् । सहस्राव्दी विकास लक्ष्यको प्रगतिलाई देहाय बमोजिम समीक्षा गर्न सकिन्छः

प्रगति भएका क्षेत्रः
– गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति हासिल भएको, वि.सं. २०५२ मा ४२ प्रतिशत गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या वि.सं. २०७३ मा २१.६ प्रतिशतमा झरेको,
– प्राथमिक तहमा भर्नादर तथा टिकाउदर केही बढेको, निजामती सेवामा महिलाको उपस्थिति १७.५ प्रतिशत पुगेको,
– शिशु/बाल/मातृ मुत्युदर घटेको,
– मातृ मृत्युदर न्यूनीकरण गर्नमा उल्लेखनीय प्रगति गरेकाले संयुक्त राष्ट्रसङ्घको महासभाबाट नेपाल पुरस्कृत भएको, निःशुल्क प्रसुति सेवा, यातायात खर्च, दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीलाई उत्प्रेरणा, स्थानीय स्वास्थ्यकर्मी तथा सुडेनीलाई तालिम, गर्भपतनलाई कानुनी मान्यता दिइएको, कुल प्रजनन दर घटेको, परिवार नियोजनका साधनको प्रयोग बढेको, गर्भवतीको समयमा स्वास्थ्यकर्मीको सेवा सल्लाह लिनेको सङ्ख्या बढेको,
– दिगो विकाससम्बन्धी लक्ष्य हासिल गर्न वातावरणीय स्रोत साधनको क्षय हुन नदिने नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको, कतिपय सूचकमा सकारात्मक सुधार देखिएको, यो अवधिमा दाउराको प्रयोग गर्ने परिवार घटेको, एलपीजी ग्यास प्रयोग गर्ने परिवार बढेको, वनले ढाकेको क्षेत्रफल ४४.७ र संरक्षित क्षेत्र २३.५ प्रतिशत पुगेको, ८१ प्रतिशत घरपरिवारमा सरसफाइ सुविधा पुगेको,

देखिएका कमीकमजोरीः
– गरिबीको रेखामुनि रहेको जनसङ्ख्या तल झरे पनि सुदूरपश्चिमाञ्चल क्षेत्र, कर्णाली क्षेत्र, ग्रामीण क्षेत्र, दलित एवं पिछडिएको जनजाति समूहमा गरिबीको अवस्था दयनीय भएको,
– शिक्ष क्षेत्रमा लगानी बढेको, छात्रवृत्ति दिवा खाजा कार्यक्रम, छात्राका लागि पृथक शौचालय आदि कारण भर्नादर बढे पनि अपाङगता भएका बालबालिकाको विद्यालयमा सहज पहुँच हुन नसकेको,
– परिमाणात्मक रुपमा लक्ष्य हासिल भए पनि गुणात्मक हिसाबमा कमजोरी रहेको,
– जलवायु परिवर्तनबाट नकरात्मक असर देखा पर्न थालेको,
– सार्वजनिक क्षेत्रमा सुशासन कायम हुन नसकेको,

चौधौँ योजनाका प्रमुख रणनीति
चौधौँ योजनाले आफ्नो सोच, लक्ष्य र उद्देश्य हासिल गर्न निम्नानुसारका पाँच प्रमुख रणनीति अघि सारेको छः
१.उत्पादन वृद्धि गर्ने
कृषि क्षेत्रको रुपमान्तरण, पर्यटन, औद्योगिक एवं साना तथा मझौला व्यवसायको विस्तार मार्फत् उत्पान वृद्धि गर्ने,
२. पूर्वाधार निर्माण गर्नेः
उर्जा, सडक तथा हवाई यातायात, सूचना तथा सञ्चार र ग्रामीण–सहरी तथा त्रिदेशीय आबद्धता विकासका लागि पूर्वाधार निर्माण गर्ने,
३. मानव विकासमा सुधार गर्नेः
सामाजिक विकास र सामाजिक सुरक्षा एवं सामाजिक संरक्षणमा जोड दिँदै मानव विकासमा उच्च तथा दिगो सुरक्षा गर्ने,
४. सुशासन प्रवद्र्धन गर्नेः
आर्थिक, सामाजिक एवं शासकीय सुधार, कुशल एवं जवाफदेही सार्वजनिक वित्त, स्वच्छ, पारदर्शी र जनमैत्री सार्वजनिक सेवा एवं मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्दै समग्र सुशासन प्रवद्र्धन गर्ने,
५. प्रविधिको उच्चतम प्रयोग गर्नेः
लैङ्गिक समानता, समावेशीकरण, वातावरण संरक्षण, विज्ञान तथा प्रविधिको उच्चतम प्रयोग तथा संस्थागत क्षमता बढाउने,

अन्तमा, योजना मुलुकको आर्थिक, सामाजिक एवं भौतिक रुपमान्तरण गर्ने माध्यम हो । जनताको आवश्यकता र प्राथमिकतालाई ध्यान दिई स्थानीय सरोकारवाला जनताको सहभागितामा मात्र योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा मर्मत सम्भार गर्ने गरी दिगोपनको योजना परिकल्पना गर्नुपर्दछ । यसबाट स्थानीय सबै आवश्यकता स्थानीय तहबाट पूरा हुने, उत्पादन एवं रोजगारी बढ्दै आत्मनिर्भर अर्थतन्त्रको विकास भई समृद्ध नेपाल निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।

३. नेपालमा कुल गार्हस्थ उत्पादनमा राजस्वको अनुपात अझै न्यून नै देखिन्छ, यसो हुनुका कारण के के हुन् ? वर्णन नर्गुहोस् ।
नेपालमा कुल गार्हस्थ उत्पादनको अनुपातमा राजस्व परिचालन आ.व. २०६३/६४ मा १२.१ प्रतिशत रहेकोमा हाल करिब २० प्रतिशत रहेको छ । चालू चौधौँ त्रिवर्षीय योजनाले कुल गार्हस्थ उत्पादनमा राजस्वको अनुपात २४ प्रतिशत पुग्ने अपेक्षा गरेको छ । विकसित मुलुकमा यसको अनुपात ३० प्रतिशत भन्दा बढी भएको पाइन्छ । छिमेकी मुलुक भारतको यो भन्दा केही कमी भए पनि चीन, बेल्जियम, डेनमार्क जस्ता देशको अनुपात उच्च छ । विकसित देशको तुलनामा नेपालको अर्थतन्त्रको आकार सानो छ । आर्थिक क्रियाकलापका सबै कारोबार सरकारी नेट भित्र आएका छैनन् । पर्याप्त उत्पादन, रोजगारी, आयात निर्यात, पर्यटन, भौकित पूर्वाधार विकास हुन बाँकी नै छ । नेपाल र भारतको खुला सिमानाका कारण बर्षौदेखि ठूलो मात्रामा राजस्व चुहावट हुँदै आइरहेको छ । करदातामा पनि स्वेच्छिक रुपमा कर तिर्नु पर्दछ भन्ने मान्यताको कमी छ । यी र यस्तै कारणले गर्दा नेपालमा कुल गार्हस्थ उत्पादनको अनुपातमा राजस्व परिचालन अझै न्यून देखिन गएको हो । यसका अरु कारण निम्नानुसार छन्ः
– सबै अनौपचारिक अर्थतन्त्रलाई सरकारी दायरामा ल्याउन नसकिनु,
– करको दर घटाई दायरा बढाउने कार्य प्रभावकारी हुन नसक्नु,
– मूल्य अभिवृद्धि कर तथा भन्सारमा छुट सुविधा उच्च रहनु,
– वास्तविक कारेबार मूल्यका आधारमा भन्सार मूल्याङ्कन हुन नसक्नु,
– भन्सार प्रशासन र कर प्रशासन बीच कार्यात्म सम्बन्ध सुदृढ हुन नसक्नु, जस्तैः कर प्रशासनले गर्ने कर परीक्षण, बजार अनुगमन तथा भन्सार प्रशासनले गर्ने जाँचपास पछिको परीक्षण, गस्ती परिचालन आदि,
– राजस्व प्रशासन पूर्ण रुपमा आधुनिक एवं स्वचालित हुन नसक्नु,
– करदाताले तिरेको करको सही सदुपयोग गरेको प्रत्याभूति दिन नसक्नु,
– राजस्व प्रशासन र त्यसमा काम गर्ने कर्मचारी जिम्मेवार, जवाफदेही, आधुनिक एवं उच्च मनोवलयुक्त हुन नसक्नु,
– बजारम बिल लिने दिने पद्दतिको विकास हुन नसक्नु ।

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस