ललितपुर महानगरपालिकामा कांग्रेस विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगरपालिकामा कांग्रेस विजयी


१० जेष्ठ २०७४, बुधबार


काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार चिरिबाबु महर्जन र उपमेयरमा कांग्रेसकै गिता सत्याल विजयी भएका छन् ।

महर्जन २४६४२ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले २४३१६ मत प्राप्त गरे । ललितपुरको मेयरको लागि महर्जन र व्यन्जनकार बिच अन्तिमसम्म पनि कडा प्रतिस्पर्धा भएको थियो । त्यस्तै तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १०६६१ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा पनि कांग्रेसकी गिता सत्याल १९८१९ मतका साथ विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४२४० मत प्राप्त गरिन ।

Tags :
प्रतिक्रिया दिनुहोस