पोखरा–लेखनाथ मनपा–१७ र १९ मा एमाले विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरा–लेखनाथ मनपा–१७ र १९ मा एमाले विजयी


९ जेष्ठ २०७४, मंगलबार


पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–१७ र १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं. १७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी हुने भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुल्ला सदस्यमा राधिकाकुमारी शाही र वैकुण्ठ भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी वडा नं. १९ को वडाध्यक्षमा एमालेकै शोभामोहन पौडेलले दुई हजार ४८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्पेन्द्र पाण्डेले एक हजार ९६० मत प्राप्त गरे ।

सो वडाको महिला सदस्यमा एमालेकै कोपिला केसी, दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यमा कोमलप्रसाद शर्मा र कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् ।

महानगरको २० वटा वडाको मतगणना सकिँदासम्म महानगरप्रमुखमा एमालेका मानबहादुर जिसीले ३४ हजार १२७, काँग्रेसका रामजी कुँवरले २७ हजार ८३२, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३५ र काँग्रेसकी सरस्वती गुरुङले २६ हजार २५९ मत प्राप्त गरेका छन् । अहिले २१, २२, २३ र २४ वडाको मतगणना भइरहेको छ । महानगरमा ३३ वडा छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस