खुकुरी प्रहारबाट गम्भीर घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खुकुरी प्रहारबाट गम्भीर घाइते


९ जेष्ठ २०७४, मंगलबार


धादिङ । नीलकण्ठ नगरपालिका–८ कुमालगाउँका २७ वर्षीय ठाकुर कुमाललाई मंगलबार समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

धादिङ अस्पतालबाट बिरामीलाई मोटरसाइकलमा राखेर घरतर्फ जाँदै गरेको समयमा स्थानीय देउराली नजिकै एक समूहले मोटरसाइकल रोक्न लगाई उनीमाथि खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कुमालको धादिङ अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय रामबहादुर तामाङ र हेमन्त दवाडीको खोजी कार्य सुरु गरिएकोे छ । रासस

प्रतिक्रिया दिनुहोस