संसद् बैठक ३ बजे बस्ने « प्रशासन
Logo १० फाल्गुन २०८०, बिहिबार
   

संसद् बैठक ३ बजे बस्ने


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । व्यवस्थापिका–संसद्को आज बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक अपराह्न १५ः०० बजेका लागि सरेको छ ।

संसद् सचिवालयका अनुसार प्रमुख राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेका कारण बैठक पर सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्नेछन् ।

यस्तै आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले प्रस्तुत गर्ने बजेटका सम्बन्धमा सांसदको सुझाव लिनका लागि बजेटपूर्वको छलफल गरिने कार्यसूची छ । संसद्को बर्खे अधिवेशन सोमबारदेखि सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस