सडक दुर्घटनामा बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सडक दुर्घटनामा बालकको मृत्यु


९ जेष्ठ २०७४, मंगलबार


बस दुर्घटना

काठमाडौँ । गएराति ठमेल नजिकै गल्कोपाखामा भएको सडक दुर्घटनामा नौ वर्षका दीपेश विकको मृत्यु भएको छ ।

नुवाकोट शिवपुर गाउँपालिका–२ स्थायी घर भई हाल कपुरधारा बस्दै आएका विकलाई बा २ ज २३४५ नं. को ट्याक्सीले राति करिब ८ बजे ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस