बुढानिलकण्ठमा एमाले विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुढानिलकण्ठमा एमाले विजयी


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उद्धव खरेल विजयी भएका छन् ।

खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकी छिन् । उनले १३ हजार १८८ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरिन् । रासस

प्रतिक्रिया दिनुहोस