मध्यपुरमा प्रमुखमा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मध्यपुरमा प्रमुखमा एमाले विजयी


८ जेष्ठ २०७४, सोमबार


भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय भएका छन् ।

भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा मधि कर्मी १० हजार ६७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गरेका छन् ।

यसैगरी मध्यपुरथिमि नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा काँग्रेसका रामकाजी चक्रधर ६५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका राजु कैतीले ५९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्यमा काँग्रेसकी मीरा खड्काले ६९२, दलित महिला सदस्य एमालेकी सुन्तली विश्वकर्माले ६९५, सदस्यहरु काँग्रेसका गोकुल खड्का ७२७ मत र काँग्रेसकै चन्द्रप्रसाद धौवञ्जारले ८२७ मत प्राप्त गरी विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस